शिक्षक आन्दोलनका कारण विद्यालय बन्द गरेमा महानगरले कारबाही गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 20, 2023 20-Sep-2023, Wed
1 Min Read
Aa
काठमाडौँ महानगर

काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनमा संलग्न विद्यालय बन्द भएपछि कारबाही गर्ने स्पष्ट पारेको छ ।

सरकारी विद्यालयका शिक्षकहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । तर, महानगरले यस्ता विद्यालय बन्द गर्नु अस्वीकार्य रहेको बताएको छ ।

महानगरका प्रवक्ता नवीन मानन्धरले विद्यालय शिक्षा ऐनप्रति महानगरले पनि असन्तुष्टि रहेको बताए ।

महानगरले विद्यालय बन्द गरेमा विद्यालय नआउने प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको छ ।

‘हामी भोलि विद्यालयलाई नजिकबाट अनुगमन गर्नेछौं,’ महानगरका प्रवक्ता मानन्धरले भने, ‘विद्यालय बन्द गरेर बालबालिकाको पढाइमा बाधा पु¥याएमा उपयुक्त कारबाही गरिने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja