सरकारले होर्डिङ बोर्ड वा अन्य प्रवद्र्धनात्मक सामग्रीमा विदेशी कलाकारको तस्बिर प्रयोग गर्न निषेध गर्ने निर्देशन दिएको छ ।
विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्थानीय कलाकार वा व्यक्तिको तस्बिर प्रयोग गर्न अनिवार्य गरेको सूचना जारी गरेको छ ।
विज्ञापन नियमावली (पहिलो संशोधन) २०२३ को नियम ९ (क) को उपनियम (३) बमोजिम विदेशी कलाकार वा व्यक्तिको तस्बिर प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
बोर्डले विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यमलाई त्यस्ता तस्बिरहरू प्रयोग भएको खण्डमा तत्काल हटाउन र तोकिएको नियमको पालना सुनिश्चित गर्न निर्देशन दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्