मणिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा पोखराका अस्पतालमा आज आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द छन् ।
नेपाल चिकित्सक संघ, गण्डकी शाखाले मंगलबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशका अस्पतालमा एकपछि अर्को गर्दै चिकित्सकमाथि आक्रमण भइरहेको भन्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको छ ।
स्रोतले बताए अनुसार देशभरका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले आह्वानमा ऐक्यबद्धता जनाएको छ ।
संघको आह्वानमा गण्डकी प्रदेशको सबैभन्दा ठूलो स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा बन्द हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रबाट आएका विरामीले सास्ती भोग्नुपरेको स्रोतले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्