प्रतिकूल मौसमले देशैभरको उडान प्रभावित भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 4, 2023 04-Oct-2023, Wed
1 Min Read
Aa
domestic airlines

प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित भएका छन् ।

लगातारको वर्षाका कारण पोखराको उडान प्रभावित भएको छ । काठमाडौं–पोखरा बीच नौ उडान मात्र भएको विमानस्थल स्रोतले जनाएको छ ।

त्यसैगरी बुधबार भरतपुरका लागि एउटा मात्र उडान भयो र त्यसपछिका सबै उडान प्रभावित भएका छन् ।

बुधबार पनि तुम्लिङटारका सबै उडान रद्द गरिएको छ ।

लगातारको वर्षाले काठमाडौंसहित देशभरको मौसम प्रतिकूल बनेको छ, जसका कारण उडान अवरुद्ध भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja