राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)की सांसद शोविता गौतमले ‘वान योङ वर्ल्ड पोलिटिशियन अफ दि इयर’ अवार्ड जितेकी छन् ।
सोवितासँगै चिलीका महिला तथा लैङ्गिक समानता मन्त्री एन्टोनिया कोस्मिका, विभिन्न देशका १५ सांसद, मेयरलगायत अवार्डका लागि छनोट सूचीमा परेका थिए । सर्टलिस्टमा परेका पाँच जनालाई संस्थाले पुरस्कृत गरेको छ ।
संस्थाले गौतमलाई नेपालको इतिहासमा संसद सदस्य र आरएसपीका संस्थापक सदस्यका रूपमा पहिलो-पास्ट-द-पोस्ट प्रणालीबाट निर्वाचित सबैभन्दा कान्छो राजनीतिज्ञको रूपमा छनोट गरेको हो ।
बिजुलीको पहुँच नभएको गाउँमा जन्मिएकी र स्रोत साधनको अभावमा सरकारी विद्यालयमा पढेकी शोविता सामाजिक सञ्जालमा आफ्नो बोलीले निकै रुचाइएपछि राजनीतिमा उभिने पात्रका रूपमा चिनिन्छिन् ।
आफ्नो समुदाय र देशका युवाहरूलाई सकारात्मक रूपमा प्रभाव पार्ने भूमिका खेल्ने विश्वका शीर्ष पाँच राजनीतिज्ञहरूलाई यो उपाधि प्रदान गर्ने निर्णय भएको आयोजकले हिजो राति घोषणा गरेको थियो।
संस्थाले प्रत्येक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई ‘द वान वल्र्ड पोलिटिशियन अफ द इयर अवार्ड’ प्रदान गर्दै आएको छ ।


















प्रतिक्रिया दिनुहोस्