इजरायलबाट उद्धार गरिएका नेपालीसहितको विमान आज राति ९ बजे टिआएमा अवतरण गर्ने भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 12, 2023 12-Oct-2023, Thu
1 Min Read
Aa
नेपाल एयरलाइन्स

प्यालेस्टिनी लडाकु समूह हमासको पछिल्लो हमलापछि स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आज बिहान इजरायल प्रस्थान गरेको नेपाल वायुसेवा निगमको जहाज आज राति ९ बजे नेपाल फर्किने भएको छ ।

राष्ट्रिय ध्वजावाहकको विमान आज बिहान ३ः३० बजे इजरायलका लागि उडेको थियो । इजरायलबाट नेपालीको उद्धारका लागि कूटनीतिक समन्वयका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं सोही विमानमा इजरायल प्रस्थान गरेका छन् ।

नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन नेपाल वायुसेवा निगमको २५० सिटको वाइडबडी जहाज इजरायल प्रस्थान गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

इजरायलको दक्षिणी भागमा शनिबार हमास समूहका लडाकूहरूले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते भएका छन् । एक विद्यार्थीको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

इजरायलस्थित नेपाली दूतावासले सुरक्षित स्थानमा सार्न वा उद्धार गर्न चाहने र नेपाल फर्कन चाहने नेपालीको नाम अनलाइन दर्ता प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।

शव फिर्ता गर्न ढिलाइ

आक्रमणमा मारिएका १० नेपालीको शव नेपाल ल्याउने कानुनी प्रक्रिया पूरा हुन नसकेकाले शव नेपाल ल्याउन समय लाग्ने बताइएको छ । यो याद गर्न सकिन्छ कि इजरायल सरकारले हमास विरुद्ध युद्ध घोषणा गरेको छ।

इजरायल सरकारले पोस्टमार्टम लगायतका सबै कानुनी प्रक्रिया पूरा गरेपछि शव चाँडो नेपाल ल्याइने प्रवक्ता लम्सालले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja