विश्वकप छनोट : नेपाल र लाओसले अंक बाँडे

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 13, 2023 13-Oct-2023, Fri
1 Min Read
Aa
nepal football team vs laos

दशरथ रंगशालामा बिहीबार भएको विश्वकप छनोटको खेलमा नेपालले पछाडी परेको छ ।

३३ औं मिनेटमा लाओसले अग्रता लिएको थियो । पाहुना टोलीका कप्तान बाउलपचन बोयाङ्कङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा एरिक विष्टको कर्नर किकको सदुपयोग गर्दै अञ्जन विष्टले हेडरमार्फत गोल गर्दै नेपालले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

दुई देशबीचको दोस्रो लेगको खेल अक्टोबर १७ मा लाओसमा हुनेछ। यो खेलको विजेताले विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja