दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 28, 2023 30-Nov-2023, Thu
1 Min Read
Aa
durga parsai

प्रहरीमाथि ढुंगा हानेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो ।

पक्राउ पर्नेमा धर्मगुरु श्रीनिवास आचार्य र प्रसाईका स्वकीय सचिव बिना योञ्जन थापा रहेका छन् । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ ।

पक्राउ परेका भोजराज तमिल्सिना, निकेश बाँस्तोला, हरि विष्कुने, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, यु बहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत रहेका छन् ।

उनीहरुलाई गौशालासहित विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja