उम्मेद्वारी दर्ता पुष २३ गते: राष्ट्रिय सभा निर्वाचन

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 3, 2023 03-Dec-2023, Sun
1 Min Read
Aa
निर्वाचन आयोग

राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता पुष २३मा हुने भएको छ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गर्ने समय पुष २३ गते विहान १० बजे देखी ३ बजे सम्म तय गरेको हो ।

मनोनयनको पत्र र उजुरी उपर जाँचबुझ गरि अन्तिम नामावली पुष २६ गते प्रकाशन हुने छ । त्यस्तै, उम्मेद्वारले नाम फिर्ता लिने पुष २७ गते हुने र उम्मेद्वारको नाम त्यसै दिन दिउसो २ बजे प्रकाशन हुने छ ।

आयोगले जनाए अनुसार उम्मेद्वारलाई निर्वाचन चिन्ह पुष २८ गते विहान १० बजे देखि १ बजे सम्म उपलब्ध गराउने छ ।

विज्ञप्ति हेर्नुहोस् :-

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja