नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा), नेपाल नदि संरक्षण संस्था र कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसनको आयोजनामा चैतमा विश्वकै लामो याफ्टिङ प्रतियोगिता हुने भएको छ ।
जानकारी अनुसार आयोजक नाराले विश्वकै लामो २४८ किलोमिटर लामो र्याफ्ट रेस ‘द ग्रेट कर्णाली क्वेस्ट-२०२४’ मार्च ८ देखि १३ गते सम्म आयोजना गर्न लागेको हो ।
फाल्गुन ५ देखि २४ गते सम्म हुने प्रतियोगिता १६ टोलि दर्ताका लागि खुल्ला गरिएको छ । प्रतियोगितामा अहिले सम्म ६ अन्तराष्ट्रिय टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
यसअघि मंसिर २३ देखि २८ गते सम्म हुने ‘द ग्रेट कर्णाली क्वेस्ट’ जाजरकोट भूकम्पको कारण स्थगित भएको हो ।


















प्रतिक्रिया दिनुहोस्