मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड घोषित

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 6, 2023 06-Dec-2023, Wed
1 Min Read
Aa
lionel messi

गत वर्षका विश्व विजेता अर्जेन्टीना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले अमेरिकाको टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।

३६ वर्षीय मेसीले अक्टोबरमा कीर्तिमानी आठौं पठक ‘ब्यालोन डी ओर’ समेत जितेका थिए । गत जुलाईमा इन्टर मियामीमा अनुबन्धित भएर क्लबको इतिहासमै पहिलो उपाधिको रुपमा लिग्स कपको उपाधि जिताएका थिए ।

टाइम्सका अनुसार उनले यो वर्ष असम्भव देखिने उपाधिहरु हासिल गरेका छन्, र उनको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मुल्य र मर्चेन्दाइज बिक्रीमा उल्लेखनीय वृद्धी तथा एमएलएसको दर्शक बढाउन महोत्वपूर्ण योगदान गरेको जनाएको छ ।

यस संगै मेसी टाइम म्यागजिनको अवार्ड जित्ने जिम्न्यास्ट सिमोन वेल्स, स्विमर माइकल फेलिप्स र एनबिए लिजेण्ड लिब्रोन जेम्सको सुचिमा समावेश भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja