भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले आजदेखि आगामी मार्चसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।
भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक अधिसुचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै, अधिसुचना जारि हुनुअघि नै जहाजमा प्याज लोडिङ सुरु भइसकेपछि प्याजको खेप निर्यात गर्न दिइने सूचना उल्लेख छ ।
यसैबीच, सरकारले कृषि उत्पादनमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै व्यापारीहरुले काठमाडौँ उपत्यकामा तरकारी बिक्री गर्न बन्द गरेपछि काठमाडौँ उपत्यकामा आलु र प्याजको अभाव भएको छ ।


















प्रतिक्रिया दिनुहोस्