बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री लामा सिआइबी कार्यालय पुगे

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 10, 2024 10-Jan-2024, Wed
1 Min Read
Aa
राम बहादुर बोम्जम

हत्या, अपहरण र यौन हिंसाको आरोपमा मंगलबार काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदाकुमारी लामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को कार्यालय पुगेकी छन् । उनले बमजन झूटो प्रचारको सिकार भएको दाबी गर्दै बचाउ गरेकिछिन् ।

स्रोतका अनुसार बम्जनलाई सिआइबीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । बमजनलाई भेट्न बोधि श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सिआइबी कार्यालय पुगेका थिए । यो टोलीमा पूर्वराज्यमन्त्री लामा पनि छन् ।

२०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लामा राज्यमन्त्री बनेका थिए ।

बमजनका अनुयायीहरु उनलाई भेट्न सिआइबीको कार्यालयमा पुगेपछि ठूलो भीड लागेको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीलाई प्रहरीले सिआइबी कार्यालय नजिकै रहेको कान्ति सांस्कृतिक केन्द्रको खुला स्थानमा पठाएको थियो ।

जानकारी अनुसार प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ । सिआइबीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरी उनको बारेमा विस्तृत जानकारी दिने तयारी गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja