“जुन हिलो ममाथि छ्यापिएको छब बेकारमा बेकसुर हुदाहुदै पनि म मुखले बोलेर त्यसको जवाफ दिएर सक्दिन होला । कतिलाई त लाग्यो होला यसले ठग्यो भनेर ।
मैले लाख चोटी कराए पनि उ मान्नेवाला छैन । किनकी कोई बिपक्षी छन् , कसैलाई राजनितिक लाभ लिनुछ कसैलाई बदला लिनुछ । सरकारले अनुमति दिएको सहकारीमा पैसा जम्मा गरेपछि त्यो जम्मा भएको पैसा फिर्ता गराउने काम सरकारकै हो ।
तिनलाई समातेर होस, थुनेर होस, बोलाएर होस, जग्गा जमिन बेचेर होस, त्यो पैसा फिर्ता गराउने काम सरकारको जिम्मेवारी हो । सरकारबाट लाइसेन्स प्राप्त नगरेको ठाउँमा तपाईंले जम्मा गरेको पैसा होइन ।
थुनेर भन्दाखेरी मैले देखेको छु, रोगीले उपचार गर्न पाएको छैन, कसैले छोराछोरीको विवाह गर्न पाएको छैन, शिक्षादीक्षा दिन पाएको छैन, पाँच वर्ष मुद्दा चल्दा मान्छेको ज्यान गइसकेको छ, कानुनी अड्चन आएमा हामी छौँ ।
हामी विज्ञहरूसँग मिलेर काम गरिरहेका छौँ, सहकारी तथा लघुवित्त संस्थाहरूको समस्याको विषयमा डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा विज्ञहरूको सुझाव लिएर समाधानको उपायसहित प्रतिवेदन तयार पारेका छौं ।
आउने सदनको अधिवेशनमा जसरी पनि लागू गराउने गरी लागि पर्छौँ । कानुनी रूपमा यसलाई ठीक नगरी सम्भव छैन। सदनमा कसरी आवाज उठाउनुपर्छ, कस्ता कानुन संशोधन गर्ने, कस्ता पास गर्ने हामी तयार छौँ। सबै दल तयार हुनुपर्छ ।”


















प्रतिक्रिया दिनुहोस्