अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 22, 2024 22-Jan-2024, Mon
1 Min Read
Aa
अयोध्या राम मन्दिर

आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ । लामो संघर्षपछि अयोध्यामा राम मन्दिर बनेकोले आजको दिनलाई भारतमा बिषेशरुपमा लिईएको छ ।

भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ भने प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गरेपछि बैद्धिकरुपमा राम मन्दिरको प्राणप्रतिष्ठा हुनेछ ।

यता राम मन्दिरको प्राणप्रतिष्ठा हुन लाग्दा भारतमामात्रै नभई नेपालको अधिकांश मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिँदैछ भने कतिपय ठाँउमा सार्वजनिक बिदादेखि पशुहत्यामाथि पनि रोक लगाईएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja