काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 22, 2024 22-Jan-2024, Mon
0 Min Read
Aa
fake docter

काठमाडौंमा एक नक्कली डाक्टरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेमा धौलागिरी पोलिक्लिनिक चलाएर बसेका ४० वर्षीय सम्बुद्ध भट्टाचार्य रहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर , टिचिङ अस्पतालमासमेत काम गरेको भन्दै उनले काठमाडौंका विभिन्न क्लिनिकमा उपचार गर्ने गरेका थिए ।

उनले प्रहरीलाई आफुले चीनमा पढेर आएको बताए पनि त्यहाँ अध्ययन गरेको चिकित्सकको सर्टिफिकेट देखाउन सकेका छैनन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja