जानकारी अनुसार अबदेखि भिजिट भिसामा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ । सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि भनिएको छ ।
भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने भएको हो ।
कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ । युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्नेछ ।


















प्रतिक्रिया दिनुहोस्