चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरालाई ३ बर्षपछि पक्राउ गरेको छ ।
उनीमाथि विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोप छ ।


















प्रतिक्रिया दिनुहोस्