फ्रेन्च क्लब गुइङगाम्पले नेपाली गोल मेसिन साम्बालाई अनुबन्ध गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 2, 2024 02-Feb-2024, Fri
1 Min Read
Aa
samba

नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) अब फ्रान्सेली क्लबबाट खेल्ने भएकी छन् । उनलाई यो सिजनको बाँकी समयका लागि फ्रान्सेली शीर्ष डिभिजन क्लब एन अवान्त गुइङ्ग्याम्पले अनुबन्ध गरेको छ ।

आफ्नो स्वास्थ्य परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरेकी भण्डारीले यसलाई सफलतापूर्वक पास गर्दै क्लबसँग सम्झौता गरेकी छन् ।

नेपाली गोल मेसिन भण्डारीले जुन २०२३ मा इजरायली क्लब हपोएल रानाना महिला एफसीमा अनुबन्ध गरेकी थिइन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja