ठमेलमा चिनियाँ नागरिक मृत फेला

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 4, 2024 04-Feb-2024, Sun
1 Min Read
Aa
dead body

काठमाडौंको ठमेलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय बाओ गुआङ रहेको प्रहरी परिसर सोराखुट्टेले जनाएको स्रोतले बताएको छ ।

काठमाडौं–१७ ठमेलको क्वावहलमा रहेको नेपालय होम होस्टेलमा गुआङ मृत फेला परेका हुन् ।

उनी पुष २५ गतेदेखि होस्टेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार माघ २० गते मृत अवस्थामा फेला परेपछि छात्रावासका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । उनले केही औषधि खाइरहेको प्रहरीले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja