जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका संचालक प्रमोद भट्टराईलाई कारागार चलान गरेको छ ।
न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले सोमबार भट्टराईलाई कारागार चलान गर्न आदेश दिएको हो ।
भट्टराईलाई माघ २५ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो । उनलाई माघ २६ गते जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्