लेबनानलाई हराउँदै नेपाल पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा गएराति भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागी भएको छ । नेपालका लागि सावित्रा भण्डारी र प्रीति राईले एक–एक गोल गरे ।


















प्रतिक्रिया दिनुहोस्