कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 11, 2024 11-Mar-2024, Mon
1 Min Read
Aa
dead body

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका एक ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरी महाशाखा कोटेश्वरमा कार्यरत ट्राफिक प्रहरी अधिकृत तोप बहादुर खत्रीको माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

३-०१-००५ ख १७५५ नम्बरको बसले खत्रीलाई ठक्कर दिदा गम्भीर घाइते भएका खत्रीको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध भने प्रहरीले मुद्दा दर्ता गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja