संसदका पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्याएका छन् ।
पक्राउ परेपछि हाल काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत महराले बिहीबार अपराध अनुसन्धान ब्युरो (सिआइबी)समक्ष आफ्नो बयान दिएका थिए ।
सुन तस्करी अनुसन्धान आयोगको सिफारिसमा सुन तस्करीमा संलग्न भएको आशंकामा महरालाई पक्राउ गरिएको हो ।
पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतले महरालाई अस्पतालमै बस्न अनुमति दिएको थियो ।
अदालतको आदेशसँगै सिआइबीले महरालाई अस्पतालमा उपचार गर्न दिने गरी अहिले अनुसन्धान गरिरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्