सुक्रबार भएको पहिलो सेमी फाइनल खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब अमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर युएईले नेपाललाई पहिलो ब्याटिंगको निम्तो दिएको थियो । सन्दिप जोराको ५० रन सहित नेपालले ९ विकेट गुमाएर कुल ११९ रन बनाएको थियो ।
जवाफमा युएईले १८ औँ ओभरमा १२० रनको लक्क्ष पछ्याउन सफल भयो । यो जित संगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गर्न सफल रहेको छ ।


















प्रतिक्रिया दिनुहोस्