वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० सिरिजका लागि नेपाली टोलि घोषणा

सम्बादाता
सम्बादाता १३ बैशाख २०८१, बिहीबार 25-Apr-2024, Thu
1 Min Read
Aa
nepal lost

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० सिरिजका लागि टोलि घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पाँच खेलको सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

घरेलु सिरिजका लागि आरिफ शेखले टोलिमा पुनरागमन गरेको छ । नेपालले यो सिरिजलाई आगामी ट्वान्टी-२० विश्वकपको तयारीका रुपमा प्रयोग गर्ने लक्क्ष राखेको छ ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, सन्दिप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललितनारायण राजवंशी, करण केसी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।

पहिलो खेल शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान क्रितिपुरमा सुरु हुने छ । सिरिजको तयारीका लागि वेष्ट इन्डिजको टोलि बुधबार नेपाल आइपुगेको हो ।

सम्बादाता

प्रतिक्रिया दिनुहोस्

x