चीनले नेपाली नागरिकलाई नि:शुल्क भिसा दिने घोषणा गरेको छ । नेपालस्थित चिनियाँ दुतावासले बैशाख १९ गते देखि नेपाली नागरिकलाई भिसा शुल्क नलिन निर्णय गरेको छ ।
स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदुत चेन सोङले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन र सेवालाई थप सहज बनाउन यस्तो निर्णय गरेको जानकारी दिए । उनका अनुसार एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइनेछ ।


















प्रतिक्रिया दिनुहोस्