क्यानले टि-२० विश्वकपको लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 2, 2024 02-May-2024, Thu
1 Min Read
Aa
nepali cricket team

नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने पुरुष टि-२० विश्वकपको लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

सन् २०१४मा बंगलादेशमा भएको आइसीसी विश्वकप पछि नेपाल दोस्रो पटक यस प्रतियोगितामा सहभागी हुदै छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दिप जोरा र अनिल शाह पाचँ विशेषज्ञ ब्याट्समेन छन् ।

अलराउन्डरमा कुशल मल्ल, दिपेन्द्र सिंह ऎरि र गुलशन झा छन् भने बलिङ्ग अलराउन्डरमा करण केसी र सोमपाल कामी रहेका छन् ।

बलिङ्ग विभागमा नेपालले कमल सिंह ऎरि, सागर ढकाल, ललित राजवंशी, प्रतिष जोसी र अभिनाश बोहोरा गरि पाचँ बलर समावेश गरेको छ ।

समूह ‘डी’ मा नेपालसंगै बंगलादेश, नेदरल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja