नेपालको नयाँ नक्सासहितको १०० रुपैयाँका नोट छाप्नेनिर्णय प्रति भारतले आपत्ति जनाएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 5, 2024 05-May-2024, Sun
1 Min Read
Aa
भारत विदेशमन्त्रि जयशंखर

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपाली भुमि समेटेर नेपालको नयाँ नक्सा समेटेर १०० रुपैयाँ नोट छाप्ने नेपाल सरकारको निर्णयप्रति भारतले आपत्ति जनाएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले नोटको अगाडिको अनुहारको पृष्ठभुमिमा रहेको नेपालको पुरानो नक्सालाई प्रतिस्थापन गरि नयाँ एक सय रुपैयाँको नोट छाप्ने प्रस्ताव स्वीकृत गरेको हो ।

भारतका विदेशमन्त्रि एस जयशंकरले नेपालको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई एकतर्फी भनेका छन् । उनले दुवै देशबीच सीमाका विषयमा वार्ता भैरहेको बेला नेपालले एकतर्फी कदम चालेर जग्गा यथार्थ परिवर्तन गर्न नसकेको बताए ।

२० मे २०२०मा नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको भूभागमा समेटेर नयाँ राजनीतिक नक्सा जारि गरेको थियो ।

भारतले उक्त निर्णयलाई कडा आपत्ति जनाएको, यसलाई ‘एकपक्षिय कार्य’ भनेको र नेपालको भूभागको ‘कृत्रिम विस्तार’ लाई ‘असक्षम’ भनेको छ । भारतले तिनवटै क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja