यात्रुको माग पुरा गर्न रेसुङ्गा विमानस्थलमा उडानको संख्या बढ्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 6, 2024 06-May-2024, Mon
1 Min Read
Aa
रेसुङ्गा विमानस्थल

गुल्मीको रेसुङ्गा विमानस्थलले बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै साप्ताहिक उडानको संख्यामा वृद्धि गरेको छ ।

यस अघि विमानस्थलबाट हप्तामा तिन उडान हुने गरेको थियो । तर, बढ्दो मागका कारण थप उडान गरि हप्तामा जम्मा चार उडान हुने गरेको छ ।

हालको उडान तालिकामा सोमबार, बुधबार र शुक्रबार उडान हुने गरेको थियो भने शनिबार पनि उडान थपिए संगै यात्रुले आफ्नो उडान योजनामा थप लचकता पाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja