पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिता पहिलो पटक नेपालमा हुन लागेको छ । जुलाईमा ओलम्पिकका लागि छनोट प्रतियोगिता मे १३ देखि मे १५ सम्म हुनेछ ।
छनोटमा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक अघि नै भारत विश्व वरियतामा शीर्ष आठ देशहरूमा परेकोले छनोट भइसकेको छ ।
छनोट खेलमा प्रत्येक देशबाट दुई पुरुष र दुई महिला खेलाडीले खेल्नेछन् । जसमध्ये फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्नका लागि प्रत्येक देशबाट एक पुरुष र एक महिला खेलाडी छनोट हुनेछन् ।
छनोट खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । छनोट खेलमा सहभागी हुने नेपाली खेलाडीमा संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापा रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्