बालमन्दिर जग्गा घोटाला प्रकरणमा काठमाडौँ जिल्ला अदालतले नेपाल बाल संगठन (एनसिओ)का पुर्व पदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारि गरेको छ ।
उक्त मुद्दामा अदालतले २० जनालाई पक्राउ गर्न अनुमति दिएको नेपाल प्रहरीको केन्द्रिय ब्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
संगठनका पुर्व पदाधिकारीसंगै काठमाडौँको नक्सालस्थित संस्थाको जग्गामा व्यवसाही समुहका सदस्यलाई पनि पक्राउ पुर्जी जारि गरिएको छ ।
एनसिओका तत्कालिन अध्यक्ष रिता सिंह, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाख्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवास कुमार पोखरेल, मनोहर गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजि कोने, योगेन्द्र बहादुर शाही र दिपकदास श्रेष्ठलाई पक्राउ पुर्जी जारी गरिएको स्रोतले जनाएको छ ।
त्यसतै बृहस्पति विद्यासदनका पदाधिकारीलाई पनि अदालतले पक्राउ पुर्जी जारि गरेको छ । जसमा अध्यक्ष चिरन्जिवी तिवारी, प्रविणराज जोशी, मुरारी निधी तिवारी, श्रद्धा संघाई, पुरुषोतम राज जोशी, अभिनव सिंघानिया, क्रितिप्रसाद पाण्डे र सिद्धार्थ केडिया रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्