८० लाख लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 13, 2024 13-May-2024, Mon
1 Min Read
Aa
arrested

जनकपुरधाम उपमहानगरपालिका-१९ मा ८० लाख लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनक महतो र श्रवण कपार रहेका छन् । उनीहरुले सहकारी कर्मचारीलाई पेस्तोल देखाएर धम्कि दिएर रकम लुटेको आरोप छ ।

धनुषा प्रहरीको स्रोतका अनुसार उनीहरुबाट १० लाख ४५३ हजार रुपैयाँ बरामद भएको छ ।

धनुषा नगरपालिका-१२ रघुनाथपुरस्थित सुभश्री सहकारीका अधिकृत विरेन्द्रकुमार महतोलाई वैशाख २४ गते अज्ञात समुहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja