ललितपुरमा भेटिए अचम्मको कोसेली घर देखेर सबै चकित

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 5, 2024 05-Jul-2024, Fri
1 Min Read
Aa
यल कोसेली घर

ललितपुर महानगर पालिकाको पाटन ढोका गेट देखी करिब तिस मिटर पूर्व तिर अचम्मको कोसेली घर संचालन गरिएको छ । जहाँ स्थानीय कलाकृतिहरु मात्र राखिएको छ । जुन स्थानीय कलाकारहरुले निर्माण गरेका हुन् ।

परापुर्ब कालदेखि अहिले सम्म ललितपुरमा कस्ता कस्ता कलाकृतिहरु निर्माण गर्दथे र निर्माण भैरहेको छ त्यो सबै हेर्न कतै जानु पर्दैन यहि यल कोसेली घरमा आए पुग्छ । स्थानीय उत्पादनहरु लोप नहोस र कलाकारहरुको उत्थान होस् भन्ने हेतुले ललितपुर महानगरले यस्तो उदाहरणीय काम गरेका हुन् जुन सबैले मन पराएका छन् ।

यहाँ ललितपुर पाटन वरपर उत्पादन हुने सबै प्रकारका अचम्मको कलाकृती देखी, घरमा प्रयोग हुने सामानहरु, लुगा कपडा, स्थानीय कच्चा पदार्थ बाट बन्ने सबैप्रकारको समानहरु, काठका कलाकृतिहरु, धातुका कलाकृतिहरु सजिलै सस्तो मुल्यमा प्राप्त गर्न सकिन्छ ।

यलकोसेली घरमा पुगेर हामीले यहाँ के के पाइन्छ त सबै हाम्रो क्यामेरामा कैद गर्नुका साथै यहाँको एक जना बिक्रेतासंग बिशेस कुराकानी पनि गरेका छौ त्यो सबै हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja