पूर्वी नेपालको खोटाङबाट सिधै काठमाण्डौ आएर एक सुन्दरी चेलीले तिन करोड नेपालीको मन छुने उदाहरणीय र प्रेणादायक काम गरेकी छिन । बाध्यताले देशको सबै जसो युवा बिदेशीएको बेला उनले नेपालमा नै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएकी छिन । उनले रात दिन मेहनत र परिश्रम गरेर दैनिक डेढ सय केजी बोडी, सय केजी टमाटर र साठी केजी सीबी उत्पादन गरेर मनग्गे आम्दानी गरी रहेकी छिन ।
विदेश नगई नेपालमै बसेर पनि मेहनत र परिश्रम गरे मजाले सुन फलाउन सकिने उनले गतिलो संदेश दिएकी छिन । उनले करिब तिन चार रोपनी जग्गामा एक्लैले यति ठुलो काम गरिरहेको बताएकी छिन । हामीले उनको कृषि फार्म मै पुगेर सबै दृश्यहरु हाम्रो क्यामेरामा कैद गर्नुका साथै उनि संग प्रेणादायक र उदाहरणीय कुराकानी पनि गरेका छौ ।
कृषी फार्मको सुन्दर दृश्यहरु र उनिसंग गरिएको महत्वपूर्ण कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोलान ।


















प्रतिक्रिया दिनुहोस्