भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा दुई दिने भ्रमणमा आएका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको निमन्त्रणामा आइतबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गरिएको छ।
नेपाल-भारत सम्बन्ध र आपसी सहयोगका विभिन्न विषयहरूमा परराष्ट्र सचिवहरूबीच चर्चा हुनेछ । मिस्री नेपालमा रहेका बेला प्रमुख व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् र साउन २८ गते फर्कने कार्यक्रम छ।


















प्रतिक्रिया दिनुहोस्