नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई दिएको सम्मानले गठबन्धनमा अन्तरविरोध ल्याउन सक्ने आशंका व्यक्त गरेका छन्। प्रचण्डका अनुसार, भारतले मन्त्रीलाई प्रधानमन्त्री सरहको महत्त्व दिएकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झस्काएको हुनसक्छ। उनले अहिलेको गठबन्धनको भविष्य जनमत र अन्तर्राष्ट्रिय समर्थनको कमीका कारण लामो नहुने सम्भावना व्यक्त गरेका छन्।
माओवादी केन्द्रले बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक गरिरहेको छ। बैठकमा ४१ जनाले आफ्ना धारणा राखेका छन्। परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेकी छन् र उनी भदौ ६ गते नेपाल फर्किनेछिन्।


















प्रतिक्रिया दिनुहोस्