प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र गर्न नदिने फेरी कडा प्रतिबद्धता जनाए

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 26, 2024 26-Aug-2024, Mon
1 Min Read
Aa
केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हालको सरकारको तर्फबाट राज्य शक्तिको दुरुपयोग नगरी निर्दोष व्यक्तिलाई दोषी ठान्ने प्रयास नगर्ने दाबी गरेका छन्। सोमबार काठमाडौँमा आयोजित जिल्ला प्रहरी परिसर भवन उद्घाटन कार्यक्रममा उनले भने, सरकारले प्रहरीका कामकाजमा कुनै पनि प्रकारको हस्तक्षेप नगरी, बरु प्रोत्साहन गर्ने विचार राखेको छ।

उनले थपे, “अहिलेको सरकारले कुनै पनि व्यक्तिलाई फसाउने आदेश दिने छैन। ढुक्क भएर काम गर्नुहोस्, निर्दोषलाई फसाउन राज्य शक्तिको दुरुपयोग गरिने छैन । हामी प्रहरीलाई प्रोत्साहित पनि गर्नेछौँ र औचित्यको आधारमा सरुवा गर्नेछौँ।”

प्रधानमन्त्री ओलीले पुरानो शैलीमा अपराध नियन्त्रणको कार्यक्षमता कम भएको औंल्याउँदै नयाँ तरिकाले विकास गर्न सुझाव दिएका छन्। उनले अपराधलाई रोक्नको लागि छानबिन र अनुसन्धानभन्दा अघि नै नियन्त्रण गर्न महत्त्वपूर्ण भएको बताए। यसो गर्दा अपराधको मानसिकता फैलिने कुरालाई रोक्न सकिनेछ।

उक्त कार्यक्रममा ओलीले सरकारको पारदर्शिता र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता पनि व्यक्त गरे।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja