भक्तपुरका जनताले जिल्लाका वडा अध्यक्षहरूलाई ‘राजा जस्तो’ व्यवहार गर्न थालेको आरोप लगाएका छन्। नेपाल प्रेस सोसाइटीले शुक्रबार गरेको साक्षात्कारमा, सर्वसाधारणले वडा अध्यक्षहरूको दम्भपूर्ण व्यवहार र ‘मै जान्ने, मै बुझेको’ भन्ने मानसिकता प्रति असन्तोष व्यक्त गरेका छन्।
सूर्यविनायक र चाँंगुनारायणका नगरबासीहरूले आफ्नो वडा अध्यक्षहरूको व्यवहारलाई असन्तोषजनक मान्दै, समस्याबारे सहयोगको कमी भएको बताएका छन्। भक्तपुरको देको मिवा जग्गा एकीकरण आयोजनाका प्रभावितहरूले पनि जनप्रतिनिधिहरूको व्यवहारलाई ‘महाराजा जस्तो’ भन्दै आलोचना गरेका छन्।
कार्यक्रममा भक्तपुरमा अवैध प्लटिंगको प्रभावको बारेमा छलफल गरिएको थियो। काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्णकुमार महर्जनले जिल्लामा अनियन्त्रित तरिकाले अवैध प्लटिंग भइरहेको जानकारी दिएका छन्।


















प्रतिक्रिया दिनुहोस्