प्रचण्डलाई ओलीको कटाक्ष धाक धम्की र सडक आन्दोलन असफल पारिन्छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 4, 2024 04-Sep-2024, Wed
1 Min Read
Aa
प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने प्रयास गरेको टिप्पणी गरे । ओलीले नेकपा एमालेको पोलिटब्युरो बैठकमा सम्बोधन गर्दै, दाहालको धम्की र सडक आन्दोलनलाई असफल पारिदिने बताए।

उनले सरकारको कामकाजको अपडेट र पार्टीका नेताहरुलाई सतर्क रहन र जनताका मुद्दा प्राथमिकतामा राख्न निर्देशन दिए । स्थानीय तहको उपनिर्वाचनमा गुटबन्दी नगरी जित्नका लागि पनि निर्देशन दिए । बैठकमा महासचिव शंकर पोखरेलले आगामी कार्ययोजना प्रस्तुत गरे, जसमा आज छलफल हुने अपेक्षा छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja