जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरबाट उच्च जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको हुँदा यो अवस्थामा भारी वर्षाको सम्भावना छ।
विशेषगरी, असोज १० गतेदेखि १३ गतेसम्मको अवधिमा साधारणतयादेखि पूर्णतया बदली रहने र अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुने बताइएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा अति भारी वर्षा पनि हुन सक्ने जानकारी दिइएको छ। तराई भू-भागमा हावाहुरीको सम्भावना रहेकोले सजग रहन महाशाखाले अनुरोध गरेको छ।


















प्रतिक्रिया दिनुहोस्