प्रचण्डले बोलाए प्रतिपक्षी दलहरुको बैठक जहाँ सत्तारुढ दलका नेतापनी सहभागी

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 18, 2024 18-Oct-2024, Fri
1 Min Read
Aa
प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक आयोजना गरेका छन्। बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), र आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन्।

मुख्य छलफलका विषयहरूमा बाढीपहिरोको अवस्था, सरकारका कार्यहरू, र मंसिरमा हुने उपनिर्वाचन छन्। रास्वपाले संसदको विशेष अधिवेशनको माग गर्दै अन्य दललाई साथ दिन अपिल गरेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन्, जसले सत्तारूढ दलको प्रतिनिधित्व गर्छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja