प्रधानमन्त्री ओलीले चीन भ्रमणमा के के गर्नेछन ? कार्यतालिका सार्बजनिक

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 25, 2024 25-Nov-2024, Mon
1 Min Read
Aa
केपी बा

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका परराष्ट्र मन्त्रालयले तय गरेको छ। ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् र १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग भेटवार्ता गर्नेछन्। भ्रमणको क्रममा सहयोग सम्झौतामा हस्ताक्षर हुने अपेक्षा छ। मंसिर १९ गते उनी नेपाली दूतावासको कार्यक्रममा सहभागी हुनेछन् र चिनियाँ उद्योगी व्यवसायीहरूसँग छलफल गर्नेछन्। २० गते स्वदेश फर्किनेछन्।

यसै क्रममा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा १३ गते चीन जाने तयारीमा छन् र १४ गते चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन्। यी सबै कार्यक्रम परराष्ट्र मन्त्रालयद्वारा प्रस्तावित छन् र मन्त्रिपरिषद बैठकले स्वीकृति दिन बाँकी छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja