प्यारालाइसिस (पारालाइसिस) का लक्षणहरू चाँडै देखिन्छ र यसका कारण स्थिती गम्भीर बन्न सक्छ। यसका प्रमुख लक्षणहरूलाई ‘बी फास्ट’ (BE FAST) नामक विधि मार्फत सम्झ्न सकिन्छ, जसले यस रोगको पहिचानमा मद्दत पुर्याउँछ:
- B – Balance (सन्तुलन): शरीरको सन्तुलन गुम्नु। हिँड्न, बस्न, र उठ्नमा कठिनाई हुनु।
- E – Eyes (आँखा): आँखा धमिलो देख्नु। एक वा दुवै आँखामा समस्याका कारण दृष्टि कम हुनु।
- F – Face (मुख): अनुहारको एक पक्ष बाङ्गिनु। यसले शरीरको एक भागको मांसपेशी काम नगर्नु वा पङ्गु बन्न सक्छ।
- A – Arm (हात): हातको कमजोरी, लुलो हुनु वा शरीरको एक भागमा अचानक कमजोरी महसुस हुनु।
- S – Speech (बोली): बोली लर्बराउनु, शब्दहरू स्पष्ट नगर्नु।
- T – Time (समय): यस अवस्था भएमा तत्काल अस्पताल पुर्याउनु। समयको महत्त्व छ, र २४ घण्टाभित्र उपचार नगरेर नसाको नसा खुलाउन सकेमा स्थिती गम्भीर बन्न सक्छ।
प्यारालाइसिस एक्कासी हुनसक्छ, र यसको उपचारमा समयको भूमिका महत्त्वपूर्ण हुन्छ। जसरी समयमै उपचार गरिन्छ, रोगीको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।


















प्रतिक्रिया दिनुहोस्