आरोग्य भवन वर्क्सले शताब्दी महोत्सवको तयारीस्वरूप गर्यो भब्य प्रिप्रेस मिट

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 18, 2025 19-Mar-2025, Wed
1 Min Read
Aa
आरोग्या

आरोग्य भवन वर्क्स प्रा. लि. ले आफ्नो १०० औं वार्षिकोत्सवको तयारीस्वरूप काठमाण्डौ, बालुवाटारमा प्रिप्रेस मिट सम्पन्न गर्यो। कम्पनीका अध्यक्ष सुवोध कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू, आयुर्वेद चिकित्सकहरू, व्यवसायीहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशकले प्रेस नोट वाचन गर्दै गुणस्तरीय उत्पादन र स्वारोजगारी सिर्जनामा कम्पनीको प्रतिबद्धता दोहोर्याए। प्रमुख अतिथिहरूले कम्पनीको योगदानको प्रशंसा गर्दै अनुसन्धान तथा नवप्रवर्तन आवश्यक रहेकोमा जोड दिए।

पत्रकारहरूले कच्चा पदार्थ, रोजगारी, र कारोबार वृद्धिबारे जिज्ञासा राख्दा कम्पनीले ५० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गरिरहेको, ५० जनालाई रोजगारी दिइरहेको, वार्षिक कारोबार १० करोड पुर्याएको र आईएसओ प्रमाणपत्र प्राप्त गरिसकेको जानकारी गरायो।

आरोग्य भवन वर्क्सले शताब्दी महोत्सव चैत्र १५ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja