तिनकुने हत्या प्रकरणमा संलग्नलाई यस्तो हदै सम्मको गम्भीर मुद्दा लगाइदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 29, 2025 29-Mar-2025, Sat
1 Min Read
Aa
तिनकुने

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनामा दुई जनाको ज्यान गएपछि सरकारले संगीन प्रकृतिको कसुर अन्तर्गत अनुसन्धान अघि बढाउने भएको छ। मन्त्रिपरिषद बैठकमा यसबारे गम्भीर छलफल भएको थियो। प्रहरीद्वारा प्रमाण संकलन सुरु भइसकेको छ भने व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान अगाडि बढाइँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा विमति नभएको तर तोडफोड, आगजनी, सुरक्षाकर्मीमाथि आक्रमण तथा लुटपाट जस्ता घटनामा संलग्नहरूमाथि कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्। प्रहरीले महान्यायाधीवक्ता कार्यालयसँग अनौपचारिक छलफल गरिसकेको छ। पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ भने संलग्न नभएकालाई सोधपुछपछि छाडिने बताइएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja