रिपोर्टिङका बेला अपनाउनु पर्ने सुरक्षा सतर्कता विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 10, 2025 10-Apr-2025, Thu
1 Min Read
Aa
प्रहरी प्रबक्ता

अनलाइन टिभी पत्रकार संघ, नेपालको आयोजनामा ‘रिपोर्टिङका बेला पत्रकार आफैले अपनाउनु पर्ने सुरक्षा सतर्कता’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यसको भूमिकाले समाजको दिशा निर्धारण गर्ने बताए।

उनले भने, “हामी पत्रकारितालाई राज्यको चौथो अंग भन्छौं। यसले अहिले समाज कता गइरहेको छ र समाज कस्तो बनाउने भनेर स्पष्ट देखाउँछ। हामीले तयार गर्ने सामग्रीकै आधारमा समाजको धारणा बनिन्छ।”

उनका अनुसार पत्रकारले तयार पारेको भिडियो वा रिपोर्ट समाजको प्रतिबिम्ब हो, जसको प्रभाव सिधै जनमानसमा पर्छ। उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगले नकारात्मक धारणा सिर्जना गरिरहेको उल्लेख गर्दै समाज एग्रेसिभ बन्दै गएकोमा चिन्ता व्यक्त गरे।

उनले पत्रकारिताले समाज सुधारमा सकारात्मक भूमिका खेल्न सक्ने बताए।

अनलाइन टिभी पत्रकार संघले गरेको यो समय सान्दर्भिक र राम्रो कामको खुलेर प्रसंसा गर्दै पत्रकारहरुका बिभिन्न संघ संगठनका अध्यक्षहरुले पनि आफ्नो धारणा राखेका छन । प्रेस काउन्सिल र सूचना भिभागका प्रमुखहरुको पनि उपस्थिति रहेको यो कार्यक्रम निकै लाभदायक रहेको सहभागी पत्रकारहरुको भनाइ रहेको छ।

कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभी पत्रकारहरूमाथि प्रेस काउन्सिल नेपालको आचार संहिता नलाग्ने भन्दै स्वनियमनका लागि संघले निर्देशिका बनाएको जानकारी दिए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja