काठमाडौँको नागार्जुन नगरपालिका–५ स्थित इलेन मेमोरियल स्कुलले १४औं अभिभावक दिवस विशेष कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा १ सम्मका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए र विजयी विद्यार्थी तथा अभिभावकलाई पुरस्कार वितरण गरिएको थियो।
प्याप्सन नागार्जुनका अध्यक्ष वासुदेव घिमिरेले महँगो शुल्क लिने विद्यालय मात्र राम्रो हुने सोच गलत भएको बताउँदै स्थानीय विद्यालयलाई प्राथमिकता दिन आह्वान गर्नुभयो। विद्यालयकी अध्यक्ष सपना तुलाधर र प्रिन्सिपल जयराम चापागाईंले बालबालिकामा सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पत्रकार जीवन भण्डारीसहित विद्यालयका कर्मचारी र प्याप्सनका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। विक्रम संवत २०६७ मा स्थापना भएको इलेन मेमोरियल स्कुलले कक्षा १२ सम्मको अध्ययन गराउँदै आएको छ।

















प्रतिक्रिया दिनुहोस्