अनलाइन टिभी पत्रकार संघ नेपाल र नेपाल न्युज बैंक समाचार एजेन्सीबीच आज विशेष सेवा सहुलियत सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार संघमा आवद्ध सदस्य संस्था तथा पत्रकारहरूले नेपाल न्युज बैंकका फोटो, भिडियो, फोटो फिचर, रफकट भिडियो फुटेज, टेक्स्ट सामग्री, सामाजिक सञ्जाल लाइभ तथा अनुसन्धानमूलक रिपोर्ट सेवाहरूमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सेवा प्राप्तिका लागि सदस्यहरूले संघद्वारा प्रमाणित सदस्यता कार्ड वा सिफारिस पत्र नेपाल न्युज बैंकमा बुझाउनुपर्नेछ। सम्झौतामा अनलाइन टिभी पत्रकार संघ नेपालका अध्यक्ष श्री जीवन भण्डारी र नेपाल न्युज बैंकका सम्पादक श्री युवराज गौतमले हस्ताक्षर गर्नुभएको छ।
उक्त सम्झौता आजदेखि एक वर्षसम्म लागू हुनेछ र दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने व्यवस्था गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्