काठमाडौं — संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज हुने कार्यक्रम तय भएको छ।
विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिउँसो १ बजे बस्नेछ। बैठकमा “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे हुने भएको छ। उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू — गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर–दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम — को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ।



















प्रतिक्रिया दिनुहोस्